Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय युवा संघले लुम्बिनी अध्यक्ष सुरज खरेललाई एक वर्षका लागि निलम्बन गरेको छ। उनले सामाजिक सञ्जालमार्फत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको भावी अध्यक्ष बनाउनु पर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए। यही कारण उनीमाथि असार २५ मा महासचिव महेश चौलागाईले स्पष्टीकरण मागेका थिए।

खरेलमाथि पोखरामा सम्पन्न महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यहरूसँग अभद्र व्यवहार गरेको आरोप लगाइएको थियो। उनलाई भौतिक रूपमा उपस्थित भएर जवाफ दिन भनिएको भए पनि उनले लिखित स्पष्टीकरण मात्रै दिएका थिए। उनले आफूमाथि पूर्वाग्रही रूपमा कारबाही गरिएको दाबी गर्दै आफू निर्दोष भएको बताएका छन्। तर महासचिव चौलागाईले खरेलको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै एक वर्षका लागि निलम्बन गरिएको पत्र पठाएका छन्। पत्रमा संगठनको विधानअनुसार सबै जिम्मेवारीबाट हटाइएको उल्लेख छ। चौलागाईका अनुसार यो निर्णय साउन ९ गते बसेको पदाधिकारी बैठकबाट भएको हो।

तर एक पदाधिकारीले भने सो दिन कुनै बैठक नभएको बताएका छन्। आफू काठमाडौंमै हुँदा बैठकबारे कुनै जानकारी नआएको भन्दै उनले खरेललाई निलम्बन गर्नु गलत भएको बताएका छन्। निलम्बनमा परेका खरेलले महासचिवको निर्णय अस्विकार गर्दै आफूमाथि षड्यन्त्रपूर्वक कारबाही गरिएको बताएका छन्। उनले निलम्बनले आफूलाई असर नपर्ने र संगठनका गतिविधि जारी राख्ने जनाएका छन्।

तपाईको प्रतिक्रिया