Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – गायिका एलिना चौहानले सामाजिक सञ्जालमा आफूविरुद्ध अमर्यादित कमेन्ट गर्ने चारजनामाथि साइबर ब्युरोमा निवेदन दिएकी छन् । उनले फेसबुक र अन्य प्लेटफर्ममा आपत्तिजनक टिप्पणी गर्नेविरुद्ध कानुनी कारबाही मागेकी हुन् ।

एलिनाले सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्दै अभियान पनि चलाइरहेकी छन् । उनले माफी माग्नेहरूलाई माफी दिएकी भए पनि सुधार नआएकोलाई कानुनको सहारा लिने बताइन् ।

यस अभियानमा अन्य कलाकार र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन गरेका छन् । एलिना र समीक्षाले मानसिक दबाब र तनावका कारण १० दिन ब्रेक लिएर यो अभियान सुरु गरेको जानकारी दिइन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Edit Bio
 
 

तपाईको प्रतिक्रिया