Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउडको चर्चित कमेडी फिल्म ‘हेरा फेरि’को तेस्रो भागको दर्शकहरू प्रतीक्षा गरिरहेका छन्। केही समयअघि फिल्मको छायाङ्कन सुरु भएको खबर आए पनि त्यसपछि अभिनेता परेश रावलले फिल्म छाडेको समाचारले विवाद सिर्जना गरेको थियो।

फिल्मका तीन मुख्य पात्र– अक्षय कुमार (राजु), सुनिल शेट्टी (श्याम) र परेश रावल (बाबुराव) हुन्। दर्शकमाझ यी तीन पात्र विशेष प्रिय छन्। परेशले फिल्मको छायाङ्कन सुरु गरेर पनि पछि छाडेको भनिएको थियो, जसले दर्शकलाई निराश बनायो। तर अहिले परेश रावल पुनः फिल्ममा फर्किने भएका छन्। उनले आफैंले एक पोडकास्टमार्फत यसबारे पुष्टि गरेका छन्। हिमांशु मेहताको पोडकास्टमा उनले फिल्मसँग जोडिएको विवादबारे प्रश्नको उत्तर दिँदै अब सबै कुरा समाधान भइसकेको बताएका हुन्।

उनले भने, “कुनै विवाद छैन। जब धेरै मानिसले कुनै कुरा मन पराउँछन्, तब हाम्रो जिम्मेवारी थप बढ्छ। दर्शकहरूको मायालाई हल्का रूपमा लिन मिल्दैन, हामीले मेहनत गरेर उनीहरूले खोजेको कुरा दिनुपर्छ।” अन्त्यमा उनले थपे, “सबै जना एकसाथ आउनुपर्छ। अहिले सबै कुरा ठीक छ। प्रियदर्शन, अक्षय, सुनिल सबै धेरै राम्रा छन्। हामी सबै पुराना साथीहरू हौँ।”

 

 

तपाईको प्रतिक्रिया