Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनका छोरा क्रिस्टियानो जुनियरले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा फिटनेस तस्बिरले व्यापक ध्यान तानेको छ। ४० वर्षीय रोनाल्डो र १४ वर्षीय जुनियरले सँगै खिचेको तस्बिरमा उनीहरूको शारीरिक तन्दुरुस्ती झल्किएको छ।

तस्बिरमा रोनाल्डोले रातो र छोराले निलो सर्ट लगाएका छन्। तस्बिरसँगै उनले लेखेका छन्, “जस्तो बाबु, उस्तै छोरा।” खास कुरा के भने – जुनियर तस्बिरमा रोनाल्डोभन्दा अग्लो देखिएका छन्, जसले धेरैलाई चकित बनायो। प्रशंसकहरूले मजाकिया शैलीमा प्रतिक्रिया जनाएका छन्। एक जनाले लेखे, “छोरा त बुबाभन्दा अग्लो पो भए!” अर्काेले त भन्दैमा पनि चुकाएनन्, “रोनाल्डोको छोरा त मेस्सीभन्दा पनि अग्लो रहेछ!”

फिटनेसप्रति प्रतिबद्ध रोनाल्डोले आफ्नो करिअरमा कडाईका साथ डाइट र अभ्यासलाई प्राथमिकता दिएका छन्, जुन अनुशासन उनका छोरामा पनि देखिएको छ। क्रिस्टियानो जुनियर हाल अल–नासरको यु–१५ टिममा खेल्दैछन् र पोर्चुगलको यु–१५ राष्ट्रिय टिमबाट पनि खेल्न थालिसकेका छन्। उनले हालै क्रोएसियाविरुद्धको खेलमा दुई गोल गर्दै आफ्ना बुबाको चर्चित ‘सिउ’ उत्सव मनाएका थिए।

उनको सम्भावना देखेर म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र टोटनहम जस्ता ठूला क्लबहरू उनीमाथि निगरानी राखिरहेका छन्। रोनाल्डोले पनि इन्स्टाग्राममार्फत छोराको प्रदर्शनमा गर्व व्यक्त गरेका छन्। तस्बिरमा देखिएको रोनाल्डोको नङमा रंग समेत सामाजिक सञ्जालमा चर्चा बन्यो, जसले उनको फेसनप्रतिको रुचि झल्काउँछ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया