Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
  • गायक दुर्गेश थापाले ‘लाइभ इन जापान’ मार्फत विभिन्न शहरमा सांगीतिक प्रस्तुति दिने

टोकियो – नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक दुर्गेश थापा जापान आउने भएका छन् । जापानमा रहेका नेपाली दर्शक तथा स्रोतालाई आफ्ना चर्चित गीतहरुमार्फत मनोरञ्जन प्रदान गर्न उनी एक सांगीतिक टुर ‘लाइभ इन जापान’ लिएर आउन लागेका हुन् ।

भिजोनिया मल्टिपल कम्पनीको आयोजनामा हुन लागेको यस विशेष सांगीतिक कार्यक्रमका लागि गायक थापा जापान आउन लागेको कम्पनीका अध्यक्ष सुवास लामिछानेले जानकारी दिए । प्रवासमा रहेका नेपालीहरुलाई नेपाली संगीतसँग जोड्ने र सांगीतिक माहोल सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

अध्यक्ष लामिछानेका अनुसार, ‘लाइभ इन जापान’ नामक यो सांगीतिक यात्रा यही जुन १५ तारिखदेखि सुरु हुनेछ । जापानका प्रमुख शहरहरुमा थापाको धमाकेदार प्रस्तुति रहने तालिका सार्वजनिक गरिएको छ । जसअनुसार, जुन १५ मा ओसाका, जुन १७ मा नागोया, जुन २० मा फुकुओका र जुन २२ मा राजधानी टोकियोमा कार्यक्रम हुनेछ ।

यी शहरहरुका साथै अन्य शहरहरुमा पनि उनको प्रस्तुति रहने आयोजकले जनाएको छ, जसको मिति चाँडै तय गरिनेछ । ‘हामी पनि नाच्नुपर्छ बीच्च-बीच्चमा’ भन्दै नेपाली सांगीतिक बजारमा तहल्का मच्चाएका गायक थापाका ‘दुस्मन हेरेकै हेर्यै’, ‘मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु’, ‘यो दुर्गेश थापा हो’ र ‘कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा’ जस्ता गीतहरू युवापुस्तामाझ अत्यधिक लोकप्रिय छन् । उनका यी नै चर्चित गीतहरुमा जापानका नेपाली दर्शकले प्रत्यक्ष झुम्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया