Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण भारतीय सहर बेंगलुरुमा आयोजित एक क्रिकेट कार्यक्रमका क्रममा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको छ। रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले पहिलोपटक इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको अवसरमा एम चिन्नास्वामी रंगशालाबाहिर हजारौं समर्थकहरू जम्मा भएका थिए।

खेलाडीहरूलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा भिड अत्यधिक भएपछि नियन्त्रण गुम्दै भागदौड मच्चिएको हो। घटनामा कम्तीमा ५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घाइतेहरूलाई बोरिङ अस्पताल, लेडी कर्जन अस्पताल र वैदेही अस्पतालमा उपचारका लागि लगिएको छ। बोरिङ अस्पतालमा ७ जनाको र वैदेही अस्पतालमा ४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

आरसीबीले १८ वर्षपछि पहिलोपटक आईपीएल उपाधि जितेको हो। कर्नाटक राज्य क्रिकेट संघले खेलाडीहरूलाई सम्मान गर्न विशेष कार्यक्रम राखेको थियो। जहाँ केवल पास र टिकट हुनेहरूलाई मात्र प्रवेश दिइएको थियो। तर समर्थकहरूको उत्साह अत्यधिक भएपछि नियन्त्रण बाहिर गएको बताइएको छ। सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ।

 

 

 

तपाईको प्रतिक्रिया