Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री तथा डान्सर नोरा फतेही शनिबार बिहान काठमाडौं अवतरण गरेकी छन्। उनी आजै साँझ बौद्ध टुसालस्थित हायात ग्राउन्डमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन्।

वर्ल्ड वाइइ फिल्म्स नेटवर्क प्रालिको आयोजनामा हुन लागेको यस विशेष कार्यक्रममा नोरालाई सहभागी गराउन आयोजकले झन्डै ३ करोड रुपैयाँ खर्च गरेका छन्। साँझको सो कार्यक्रममा नोरा फतेहीको साथमा नेपाली सांगीतिक क्षेत्रका केही गायक–गायिका र कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया