Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ। गत साता काश्मिरको पहलगाममा आतंकवादी हमलामा २२ जनाको मृत्यु भएपछि भारतले ‘अप्रेसन सिन्दुर’ अभियान सुरू गरेको थियो। यसले दुई देशबीच तनाव बढाउँदै आईपीएल रोकिन पुगेको थियो।

तर, हाल दुबै देशले तनाव व्यवस्थापन गरी युद्ध टारेपछि आईपीएल पुनः सुरू गर्ने निर्णय गरिएको हो। पञ्जाब र दिल्लीबीचको खेल स्थगित भएपछि अन्यौल छाएको थियो। आज ५८औं म्याच अर्थात बैंग्लरू र कलकताका बीच साँझ ७:३० बजेबाट हुनेछ। प्रशंसकहरूले खेल पुनः सुरू भएमा खुसी व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया