Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। विगत केही समयदेखि उनी सन्न्यासको तयारीमा रहेको चर्चा चले पनि भारतीय क्रिकेट बोर्ड (BCCI) ले उनलाई इंग्ल्यान्ड विरुद्धको सिरिजअघि सन्न्यास नलिन सल्लाह दिएको थियो ।

तर अन्ततः कोहलीले सोमबार आफ्नो टेस्ट करिअरलाई विदा गरेको भारतीय मिडियाले पुष्टि गरेका छन् । यद्यपि, उनले एकदिवसीय (ODI) खेल भने जारी राख्ने निर्णय लिएका छन् ।

सन् २०११ मा टेस्ट डेब्यु गरेका कोहली आफ्नो पुस्ताका सबैभन्दा चम्किला ब्याट्सम्यानमध्ये एक मानिन्छन् । उनले १२३ टेस्ट खेलमा कुल ९,२३० रन जोड्दै ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन् । उनको व्यक्तिगत सर्वाधिक स्कोर २५४ रन नटआउट रहेको छ ।

करिअरको १४ वर्षमा उनले भारतका लागि ६८ टेस्टमा कप्तानी गर्दै टिमलाई महत्वपूर्ण सफलताहरू दिलाएका थिए । टेस्ट क्रिकेटबाट कोहलीको बिदाइले भारतीय क्रिकेटमा एक युगको अन्त्यको संकेत दिएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया