Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ३०, २०८२
Tuesday, May 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। विगत केही समयदेखि उनी सन्न्यासको तयारीमा रहेको चर्चा चले पनि भारतीय क्रिकेट बोर्ड (BCCI) ले उनलाई इंग्ल्यान्ड विरुद्धको सिरिजअघि सन्न्यास नलिन सल्लाह दिएको थियो ।

तर अन्ततः कोहलीले सोमबार आफ्नो टेस्ट करिअरलाई विदा गरेको भारतीय मिडियाले पुष्टि गरेका छन् । यद्यपि, उनले एकदिवसीय (ODI) खेल भने जारी राख्ने निर्णय लिएका छन् ।

सन् २०११ मा टेस्ट डेब्यु गरेका कोहली आफ्नो पुस्ताका सबैभन्दा चम्किला ब्याट्सम्यानमध्ये एक मानिन्छन् । उनले १२३ टेस्ट खेलमा कुल ९,२३० रन जोड्दै ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन् । उनको व्यक्तिगत सर्वाधिक स्कोर २५४ रन नटआउट रहेको छ ।

करिअरको १४ वर्षमा उनले भारतका लागि ६८ टेस्टमा कप्तानी गर्दै टिमलाई महत्वपूर्ण सफलताहरू दिलाएका थिए । टेस्ट क्रिकेटबाट कोहलीको बिदाइले भारतीय क्रिकेटमा एक युगको अन्त्यको संकेत दिएको छ ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया