Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व प्रसिद्ध ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेटवार्ता भएको छ।

नेपाली सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल अवलोकन गर्न काठमाडौं आएका कार्लोससँगको भेटमा प्रधानमन्त्री ओलीले उनको नेपाल आगमनलाई स्वागत गर्दै यसले नेपाली खेलाडी र युवाहरूमा उत्साह थप्ने विश्वास व्यक्त गरे। ओलीले नेपाल–ब्राजिलबीचको सुदृढ कूटनीतिक सम्बन्धलाई स्मरण गर्दै खेलको क्षेत्रमा समेत अनुभव र सीपको आदानप्रदान आवश्यक रहेको बताए।

प्रधानमन्त्री ओलीले कार्लोसलाई नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न माउन्टेन फ्लाइट र जंगल सफारीमा सहभागी हुन आमन्त्रण पनि गरे। कार्लोसले प्रधानमन्त्री तथा नेपाली जनताबाट पाएको स्वागतप्रति कृतज्ञता प्रकट गर्दै, नेपाली युवा तथा खेलकुद क्षेत्रसँगको भेटप्रति खुशी व्यक्त गरे।

 

 

 

तपाईको प्रतिक्रिया