Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – युट्युबमार्फत प्रसारण हुँदै आएको टेलिसिरियल ‘मनको बाँध’ मा चर्चित जापानी अभिनेत्री माहोले अभिनय गर्ने भएकी छन्। नेटफ्लिक्सको सिरिज ‘अफलाइन लभ’ मार्फत चर्चा कमाएकी माहो मोडलिङ क्षेत्रमा पनि सक्रिय छिन् र पेरिस फेसन वीकजस्ता अन्तर्राष्ट्रिय प्लेटफर्ममा भाग लिएकी छन्।

प्रदीप खड्गी निर्देशित ‘मनको बाँध’ को कथावस्तु कोठा भाडामा बस्ने पात्रहरूको पारिवारिक सम्बन्ध र द्वन्द्वमा केन्द्रित छ। माहोको सहभागिता टेलिसिरियलको विशेष भागमा ‘केमियो’ रूपमै हुनेछ। अन्तर्राष्ट्रिय कलाकारको सहभागिता टेलिसिरियललाई थप आकर्षक बनाउने निर्देशक खड्गीको विश्वास छ। फोकस पिक्चर्सको युट्युब च्यानलमार्फत हरेक शनिबार साँझ ७ बजे प्रसारण हुने यो सिरियलको १९औं भागमा माहो देखिनेछ। सिरियलको कथा दिवस खड्कीले लेखेका हुन् भने पटकथा निर्देशक खड्गीकै हो।

श्रृंखलामा श्रेया कर्माचार्य, दृष्टि थापा, प्रवीण बजगाईंलगायत कलाकारको अभिनय रहेको छ। निर्माता सन्नी शाही र कार्यकारी निर्माता आशिष शाही छन्। सिरियलको शीर्ष गीत रन्त शोभा महर्जन र सन्नी शाहीले गाएका छन्, जसको संगीत निर्देशक खड्गीकै हो। छायांकन अमन र राज महर्जनले गरेका छन् भने सम्पादन आभास महर्जनले गरेका छन्।

 

 

 

तपाईको प्रतिक्रिया