Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – निर्देशक दीपेन्द्र खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ। टिजरमा मुख्य कलाकार खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी लगायतको अभिनय रहेको छ। यसले गाउँबाट काठमाडौं आएर संघर्ष गर्ने आम नेपालीको जीवन, पारिवारिक यातना र सामाजिक समस्यालाई चित्रण गरेको छ।

फिल्मले पशुपतिको किनारमा रहेका दुई पात्रको दुःखद कथा, प्रेम र वियोगलाई उजागर गर्दै जेठ २ मा रिलिज हुने घोषणा गरिएको छ। यो एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट, र नटराज क्रिएसन को ब्यानरमा निर्माण भएको हो। कथा ‘कर्णाली ब्लुज’ का लेखक बुद्धि सागरले लेखेका हुन्।

छायांकन कृष्णबहादुर थापा, निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन, तथा कार्यकारी निर्माता युवराज कार्की रहेका छन्। फिल्ममा आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे र सुरज विष्टको पनि अभिनय छ।

यस्तो छ टिजर ;

तपाईको प्रतिक्रिया