Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले कुवेतलाई ६ विकेटको सहज जित दिंदै शानदार प्रदर्शन गरेको छ। बिहीबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले नेपाललाई १८६ रनको चुनौती दिएको थियो। जवाफी इनिङमा नेपालले १८ ओभर ५ बलमै मात्र ४ विकेट गुमाएर लक्ष्य सहजै पूरा गर्‍यो।

नेपालको जितमा ओपनिङ जोडीको विशेष योगदान रह्यो। कुशल भुर्तेलले आक्रामक शैलीमा ८१ रन जोड्दा, आसिफ शेखले ५३ रनको महत्वपूर्ण पारी खेले। मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले केवल १२ बलमै ३१ रन ठोकेर नेपालको जीतलाई झनै नजिक पुर्‍याए।

अन्तिम चरणमा गुल्शन झा (९ रन) र कप्तान रोहित पौडेल (४ रन) अविजित रहेर टोलीलाई जितसम्म पुर्‍याए। कुशल मल्ल भने ४ रनमै मात्रै जोड्न सके। यस जितसँगै नेपालले सिरिजमा आफ्नो प्रभावशाली उपस्थिति जमाएको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया