Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले टोकियो म्याराथनमा सहभागिता जनाउन जापान आइपुगेका ११ जना धावकलाई सम्मान गरेको छ । शुक्रबार एक समारोहका बिच एनआरएनए जापानले विभिन्न देशबाट आइपुगेका ११ जना नेपालीहरूलाई स्वागत तथा सम्मान गरेको हो ।

समारोहका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले टोकियोमा यस पटक नेपाली खेलाडीहरूको ठुलो सहभागिता हुने भएकोमा खुसी व्यक्त गर्दै सम्मान गर्न पाउँदा हर्षित भएको बताए  । ‘विश्वको जुनसुकै कुनामा रहेपनि नेपालीले मातृभूमिको शिर ठाडो बनाउने काम गर्न सबैलाई अनुरोध छ । जुनस्थानमा हुनुहुन्छ सोही स्थानबाट सकारात्मक काम गरौं,’ राजदूत डा. सुवेदीले भने, ‘नेपाली हुनुमा गर्व गर्दै देशको शिर उँचो पार्ने काममा तल्लीन हुनुहोस्, विश्वका फरक फरक मुलुकमा रहेपनि एकै पटक २ महिलासहित ११ जनाले जापानको म्याराथन सहभागी हुनु जापानवासी नेपालीका लागि गौरवको कुरा हो ।’समारोहमा एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले यस पटक ठुलो संख्यामा नेपालीहरू सहभागिता हुनु ठुलो उपलब्धि रहेको बताउँदै खेलाडीको हौसलाका लागि टोकियोका हरेक चौकमा आइतबार बिहान ढाका टोपी र नेपाली झण्डा सहित भेला हुन अपिल गरे । उनले टोकियोलाई नेपालमय बनाउन यस पटक सबै एक जुट हुन अनुरोध गरेका हुन् । मार्च २ तारिख बिहान ९ बजे सिन्जुकुबाट सुरु हुने म्याराथन १० बजे कान्दा, ११ बजे गिन्जा र १२ बजे टोकियो स्टेशनमा पुगेर हौसला बढाउन अध्यक्ष निउरेले अपिल गरे ।सम्मान कार्यक्रममा धावक आत्मराम दाहालले दौड र योगासनका लागि कुनैपनि उमेरले नछेक्ने अनुभव सुनाए । सोही अवसरमा पर्वत समाज जापानले साहसिक खेलका खेलाडीहरूसँग खुल्ला अन्तरक्रिया तथा बिदाइ कार्यक्रम समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया