Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा सहभागी हुन सोमबार बिहान नेपाल फर्किएकी छन्। फ्रान्समा लिग खेल्दै आएकी साम्बा प्रतियोगितामा प्रतिस्पर्धा गर्न स्वदेश फर्किएकी हुन्। तर, उनले आज किर्गिस्तानविरुद्धको पहिलो खेल गुमाउने सम्भावना छ। नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङका अनुसार साम्बाले पहिलो खेलमा आराम गर्ने सम्भावना छ।

नेपालले प्रतियोगिताको पहिलो खेल आज साँझ ६ बजे किर्गिस्तानसँग खेल्दैछ। यसअघि, युएईको लिगमा खेलिरहेकी रेखा पौडेल शनिबार साँझ नेपाल आइसकेकी थिइन् भने पाँच दिनअघि टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट स्वदेश फर्किएकी थिइन्। फिफा अन्तर्राष्ट्रिय विन्डोमा हुने भएकाले यस प्रतियोगिताका खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन्। नेपालसहित किर्गिस्तान, म्यानमार, र लेबनन प्रतियोगितामा सहभागी छन्।

खेलहरू राउन्ड रोबिन आधारमा खेलिनेछन्, जसमा शीर्ष स्थानमा रहने दुई टोलीबीच उपाधि भिडन्त हुनेछ। प्रतियोगिता दशरथ रंगशालामा हुनेछ, जहाँ खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे हुने तालिका छ। टिकट दर साधारण पारापिटतर्फ ५०० रूपैयाँ र भिआइपीतर्फ १,००० रूपैयाँ निर्धारण गरिएको छ, जुन खल्ती एपबाट पनि किन्न सकिनेछ।

नेपालले फागुन ५ गते किर्गिस्तान, फागुन ८ गते लेबनान र फागुन ११ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार म्याच डे हुनेछ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया