Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन डेको अवसर पारेर ‘मन त्यतै कतै भुलेछु प्रिय’ शीर्षकको गीत सार्वजनिक गरेका छन्। उनले संगीत भरेको यो गीत भिडियोसहित युट्युबमा उपलब्ध छ। प्रमोदहरि गुरागाईंको शब्द रचना रहेको गीतलाई चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन्।

निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोमा कलाकार आकाश श्रेष्ठ र प्रियना आचार्यले अभिनय गरेका छन्। महामन्त्री शर्मा लामो समयदेखि गीत-संगीतमा विशेष रुचि राख्ने व्यक्तित्व हुन्। उनको परिवार पनि संगीतमा संलग्न छ— उनकी पत्नी गायनमा रुचि राख्छिन् भने छोरा तबला बजाउँछन्।

 

 

 

 

तपाईको प्रतिक्रिया