Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई कारबाही गरेको हो ।

सामाजिक सञ्जालमा आचारसंहिताविपरीत गतिविधि गरेको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। यस कारबाहीअनुसार, देशभित्र आयोजना गर्ने कुनै पनि एक खेल सन्दीपलाई खेल्न नदिने निर्णय भएको छ। यो निर्णयसँगै, अब क्यानले आयोजना गर्ने कुनै पनि आगामी प्रतियोगिताको एउटा खेलमा सन्दीप सहभागी हुन पाउने छैनन्।

सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए। सन्दीपलाई कारबाही गनुअघि क्यानले उनीसँग स्पष्टीकरण सोधेको थियो । क्यानले स्पष्टीकरण सोधेको विषयमा सन्दीपले असन्तुष्टि व्यक्त गरेको जनाइएको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया