टोकियो – आइतबार जापान सम्पन्न ‘सेभेन सामुराइ मोना सिजुओका कप’ फुट्सलको उपाधि MERCURY FC TOKYO ले जितेको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति सिजुओकाले फुट्सल प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा आयोजक टिम MONA SHIZUOKA (A) रनर-अप भएको छ । उपाधि विजेता टोली ५ लाख १ हजार येनसहित प्रमाणपत्र पाएको छ भने रनर-अप टोलीले २ लाख १ हजार येनसहित प्रमाणपत्र हासिल गरेको मोना जापान क्षेत्रीय समिति सिजुओकाका संयोजक तुल चोचाङ्गीले जानकारी दिए ।
नयाँ वर्षको शुभकामना आदानप्रदान सहित मोना फुटसल प्रतियोगिता मार्फत जापानमा रहेका फुटबलप्रेमी खेलाडीहरूलाई मनोरञ्जन दिलाउनुका साथै नेपालीहरुबीच पारस्परिक भाइचाराको विकास गरी यस क्षेत्रमा रहेको प्रचुर सम्भावना र क्षमता बोकेका खेलाडीहरूको प्रतिभालाई मोना फुटसलको माध्यमबाट उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।








