Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

 

काठमाडौँ – आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटको चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान पूजा महतोको उत्कृष्ट प्रदर्शनमा नेपालले यो प्रभावशाली जित हासिल गरेको हो। २१४ रनको लक्ष्य पछ्याउँदै कुवेत ४८ रनमै समेटियो। महतोले ४ ओभरमा १ मेडन राख्दै ८ रन दिएर ५ विकेट लिइन्। साथमा, रचना कुमारी र सीमाना केसीले पनि दुई-दुई विकेट लिए।

कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २ विकेटको क्षतिमा २१३ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। कप्तान महतोले ६९ बलमा १७ चौकासहित १३० रनको शतक पूरा गरिन् भने सोनी पाख्रिनले ४३ रनमा अविजित रहिन्। दुवै खेलाडीले तेस्रो विकेटका लागि १५७ रनको महत्त्वपूर्ण साझेदारी गरे।

नेपालले यसअघि यूएईसँग मात्र पराजय व्यहोरेको छ र अब बुधबार यूएईविरुद्ध अन्तिम खेल खेल्ने छ। प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले मात्र विश्वकपमा छनोट हुनेछ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया