Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको टेक्सास राज्यमा नेपाली युवती मुना पाण्डेको गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ। शाहलाई अदालतमा पेश गर्दा, हत्याको यथेष्ट प्रमाण रहेको भन्दै जमानत अस्वीकार गरिएको हो।

अदालतमा पेस गरिएको विवरण अनुसार शाह भारतीय मूलका हुन् तर उनको जन्मस्थान स्पष्ट छैन। उनीसँग अमेरिकी नागरिकता पनि छैन। लुटपाटको उद्देश्यले शाह मुनाको अपार्टमेन्टमा पुगेको र त्यसै क्रममा गोली हानेर हत्या गरेको आरोप लागेको छ। शाहविरुद्ध गैरकानुनी हतियार राखेको आरोप पनि लगाइएको छ।

५१ वर्षीय शाहलाई प्रहरीले ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो। मुनाको हत्या भएको स्थानमा उनलाई देखेपछि प्रहरीले उनको तस्वीर सार्वजनिक गरेको थियो। भोजपुरकी २१ वर्षीया पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

तपाईको प्रतिक्रिया