Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – थाइल्याण्डको नयाँ प्रधानमन्त्रीको रूपमा पाएटोङ्टार्न सिनावात्रा निर्वाचित भएकी छन्। शुक्रबार थाइल्याण्डको संसदले ३७ वर्षीया सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्री चयन गरेको हो। उनी पूर्व थाई प्रधानमन्त्री र अरबपति थाक्शिन शिनावात्राकी छोरी हुन् ।

गठबन्धनमा रहेका १० दलले अन्य कुनै उम्मेदवार प्रस्तुत नगरेपछि, बिहीबार फेउ थाई पार्टीले पाएटोङ्टार्नलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा मनोनयन गरेको थियो। सिनावात्रा परिवारको यो निर्णयले उनलाई थाइल्याण्डको प्रधानमन्त्री बनाउने संसदीय प्रक्रिया शुक्रबार नै सम्पन्न भयो।

पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपू यङलुक सिनावात्राले यसअघि थाइल्याण्डको प्रधानमन्त्रीको पद सम्हालिसकेका छन्। ३७ वर्षीया पाएतोङ्गटार्न थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् र यो पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि हुन् ।

यसअघि, राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाविसिनलाई फौजदारी आरोपमा दोषी ठहर गर्दै पदबाट हटाएको थियो।

तपाईको प्रतिक्रिया