Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – साउदी अरेबियाले अत्यधिक गर्मीका कारण कम्तीमा १,३०१ हजयात्रीको मृत्यु भएको जनाएको छ। यस वर्ष हजका क्रममा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो। धेरै हजयात्री बिना परमिट हजमा गएको र आश्रयस्थल नभएका कारण मृत्यु भएको बताइएको छ।

स्वास्थ्यमन्त्री फाहद अल जलाजेलले ‘हिट’बाट बच्ने उपायको चेतना फैलाइएको र करिब पाँच लाख मानिसलाई स्वास्थ्य सुविधा उपलब्ध गराइएको जनाएका छन्। हजका क्रममा मक्काको तापक्रम ५१.८ डिग्री सेल्सियससम्म पुगेको थियो। इजिप्ट, इन्डोनेसिया, भारत, पाकिस्तान लगायत विभिन्न देशका हजयात्रीको मृत्यु भएको पुष्टि भएको छ।

साउदी सरकारले यसपालि १.८ मिलियन मानिस हज गर्न मक्का गएका जनाएका छन्। इजिप्टले अवैध रूपमा मक्कामा मानिस लगेको आरोपमा १६ पर्यटन कम्पनीको लाइसेन्स रद्द गरेको छ भने जोर्डनले पनि केही ट्राभल एजेन्टलाई पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया