Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु बढ्ने चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेकाले डेंगु फैलने सम्भावना बढेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मनसुनसँगै लामखुट्टेको प्रजनन अनुकूल भई सङ्क्रमितको सङ्ख्या बढ्न सक्छ। गत ६ महिनामा ७२ जिल्लामा १२४१ डेंगुका बिरामी फेला परेका छन्। डेंगुका मुख्य लक्षणहरूमा उच्च ज्वरो, जोर्नी र मांसपेशीको दुखाइ, आँखाको गेडी दुख्ने, राता विमिरा, वाकवाकी वा वान्ता हुनु पर्दछन्।

मन्त्रालयले तुरुन्त उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा जान अनुरोध गरेको छ। डेंगु न्यूनीकरणका लागि सातै प्रदेश र स्थानीय तहमा द्रुत प्रतिकार्य समिति तयार अवस्थामा राखिएको छ। रोग निदान किट, औषधि उपचार, र आवश्यक सामग्रीहरू तयारी अवस्थामा राखिएको छ।

लामखुट्टेको टोकाइबाट बच्न पानी जम्न नदिने, झ्याल ढोकामा जाली राख्ने, झुलको प्रयोग गर्ने, र पुरै शरीर ढाक्ने लुगा लगाउने सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया