Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको छ। उनले सन् २०१८ मा ह्यान्ड गन खरिद गर्दा लागूऔषधको प्रयोगबारे झुट बोलेको आरोपमा दोषी पाइएका हुन्। डेलावेयर राज्यको एक अदालतले ५४ वर्षीय हन्टरलाई तीन वटा आरोपमा दोषी ठहर्‍याएको छ। बीबीसीका अनुसार, बहालवाला अमेरिकी राष्ट्रपतिको छोरालाई दोषी ठहराइएको यो पहिलो घटना हो।

बाइडेनले ह्यान्ड गन खरिद गर्दा भरेको फारममा आफू लागूऔषध दुर्व्यसनी रहेको कुरा लुकाएका थिए। सङ्घीय बन्दुक कानुनअन्तर्गत हन्टरलाई अधिकतम २५ वर्षको जेल सजाय र साढे सात लाख अमेरिकी डलरसम्मको जरिबाना हुनसक्ने सम्भावना छ।

अदालतले हन्टरविरुद्धको मुद्दामा मध्य अक्टोबरतिर सजाय सुनाउने छ। तर उनले उच्च अदालतमा पुनरावेदन गर्ने संकेत दिएका छन्। राष्ट्रपति बाइडेनले आफ्नो छोराको मुद्दामा कुनै हस्तक्षेप नगर्ने र अदालतको निर्णयलाई सम्मान गर्ने बताउनुभएको छ।

तपाईको प्रतिक्रिया