Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – दक्षिण कोरियाले मासिक ३ लाख रूपैयाँ पारिश्रमिक हुने गरी नेपालबाट श्रमिक लैजाने तयारी गरेको छ । दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवको अवसरमा यस्तो जानकारी दिइएको हो ।

अहिले दक्षिण कोरियामा नेपालीहरुले मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन् । ‘दक्षिण कोरियामा लाखौंको संख्यामा नेपालीहरूले काम गरिरहेका छन्, मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन्,’ मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले भने, ‘उहाँहरूले मासिक ३ लाख रूपैयाँ माथि पारिश्रमिक दिने गरेर यहाँबाट नेपाली लैजाने प्रस्ताव गर्नु भएको छ, हामीहरूले कार्यविधि बनाइरहेका छौं ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदले नेपालमा हुन्डाई लगायतका कोरियाली कम्पनीहरूलाई नेपाल आउन आग्रह गरे । उनले वैशाखमा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनमा सहभागिता जनाउन कोरियाली लगानीकर्ताहरूलाई आह्वान समेत गरे ।

नेपालमा लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले दुई मुलुकबीचको ५० वर्षको सम्बन्धलाई संयुक्त समृद्धिको लागि अनुकूल हुनेगरी आगामी दिनमा थप बलियो बनाउने बताए । कार्यक्रममा दक्षिण कोरियाबाट फर्किएर उद्यम गरिरहेकाहरूको कथामा आधारित ‘तपाई पनि मालिक बन्न सक्नुहुन्छ’ शीर्षकको पुस्तक समेत अनावरण गरिएको छ ।

तपाईको प्रतिक्रिया