Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

दुबई । अर्घाखांची सम्पर्क समिति युएईको दुबई क्षेत्रीय समितिका अध्यक्ष बाबुराम पाण्डेलाई एक समारोहकाबिच हालै बिदाई गरिएको छ । उहां आफ्नो वैदेशिक रोजगारीको सिलसिलामा यूएसए जान लागेको हो ।

उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथिमा बिदा हुने बाबुराम पाण्डे हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता अर्घाखांची सम्पर्क समितिका अध्यक्ष राजु खड्काले गर्नुभएको थियो । यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेको कार्यक्रमलाई समाजसेवी तथा कलाकार बिष्णुप्रसाद आचार्यले संचालन गर्नुभएको थियो ।

विगत २ बर्षदेखि दुबईमा कार्यरत खड्कालाई आफ्नो वैदेशिक रोजगारीको सिलसिलामा यूयसए जाने भएकोले बिदाई गरेको हो । उहांले दुबईको छोटो बसाईमा पनि धेरै सामाजिक कार्यहरु गर्नुभएको थियो । साथै उहां अर्घाखांची सम्पर्क समितिको एउटा सक्रिय कार्यकर्ताको रुपमा चिनिनुहुन्थ्यो । जहां रहेता पनि समाजको लागि आफ्नो सक्दो सहयोग संधै निरन्तर रहीरहने समेत खड्काले प्रतिबद्धता जाहिर गर्नुभएको छ ।

वरिष्ठ सल्लाहकार चन्द्रबहादुर सारुको शुभकामना मन्तव्यबाट थालनी भएको बिदाई कार्यक्रमको अवसरमा आफ्नो मन्तव्य राख्नेहरु चन्द्रबहादुर सारु मगर, डियल शर्मा, ध्रुव केसी, गोपाल कंडेल, नारायन विसी, शिवराज जैसी, गुप्तशेखर पौडेल, रविन्द्र लामा, राजु खड्का रहेका थिए । अध्यक्ष खड्का लगायत समितिका कार्यकर्ताहरुले संयुक्त रुपमा खादा र सम्मान-पत्र दिएर बिदाई गरेका थिए । अध्यक्ष खड्काले आफ्नो मन्तव्यको क्रममा समितिका एउटा सक्रिय कार्यकर्तालाई बिदाई गर्दा दुःख लागेको र संस्थालाई सशंक्त ढंगले अगाडि बढाउनेप्रति जोड दिनुभयो भने कार्यक्रममा सहभागी हुने सम्पूर्णलाई धन्यबाद समेत दिनुभएको थियो । ***

 

तपाईको प्रतिक्रिया