Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सञ्चय कोषले सञ्चयकर्तालाई विभिन्न वित्तीय सुविधा उपलब्ध गराइरहेको छ । ६१ वर्ष पूरा गरेर भर्खरै ६२ वर्ष प्रवेश गरेको कोषले सञ्चयकर्ताको वित्तीय गाँठो फुकाउन तीन प्रकारका वित्तीय सुविधा प्रदान गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोषका अनुसार, व्याज तथा मुनाफा, सापटी सुविधा र सामाजिक सुरक्षा सुविधा गरी तीन किसिमका वित्तीय सुविधा सञ्चयकर्ताले प्राप्त गर्न सक्छन् । सापटी सुविधाअन्तर्गत ६ किसिमका ऋण पाइन्छ । जसमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल चक्रकर्जा, घर मर्मत सापटी र जग्गा खरिद सापटी छन् ।

सामाजिक सुरक्षा सुविधा पनि कोषले उपलब्ध गराउँदै आएको छ । यसअन्तर्गत सञ्चकर्ता स्वास्थ्योपचार, सुत्केरी तथा शिशु स्याहार, दुर्घटना क्षतिपूर्ति योजना र काजक्रिया अनुदान छन् ।

कोषमा रकम जम्मा गरेका सञ्चयकर्ताले ब्याज तथा मुनाफासमेत पाउँछन् । कोषका अनुसार, आर्थिक वर्ष ०७८/७९ को सुरु मौज्दातमा रकममा सञ्चयकर्ताले ७.५ प्रतिशत व्याज र १.२० प्रतिशत मुनाफा प्राप्त गर्नेछन् ।

‘सुरक्षित भविष्यका लागि सञ्चय कोष तथा निवृत्तभरण कोष’ नारा अघि सारेको कोषमा २७ हजार ६०० कार्यालयका ५ लाख ८२ हजार योगदानकर्ता छन् । त्यसैगरी, निवृत्तिभरण कोषमा ३ हजार २०० कार्यालयका ६३ हजार ३०० योगदानकर्ता छन् ।

कोषका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा सञ्चय कोष, निवृत्तिभरण कोष र जगेडा कोषमा क्रमशः ४६१.७८ अर्ब, ५.५१ अर्ब र ३८.१० अर्ब रकम जम्मा भएका छन् । कुल ५०३.७४ अर्ब लगानी गरेको कोषको ५.६४ अर्बबराबरको दायित्व छ । ४.७२ अर्ब बचत रकेको कोषको कुल स्रोत ५१२.०४ अर्ब छ ।

कोषले उपत्यकाभित्र पुल्चोक, ठमेल, लगनखेल र सिंहदरबार तथा उपत्यकाबाहिर विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत, धनगढी र धनकुटामा कार्यालय खडा गरेर सेवा प्रवाह गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया