Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – गायक तथा सर्जक प्रेम सापकोटा (सोनु) नयाँ तीज गीत ‘छैन मलाइ सुख…’ सार्वजनिक भएको छ । जापानलाई कर्मथलो बनाइरहेका सोनुको मार्मिक तीज गीतमा शान्तिश्री परियारले कर्णप्रिय स्वर दिएकी छन् ।

प्रेम सापकोटा (सोनु) युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतलाई छोटो समयमै धेरै दर्शक/श्रोताले मनपराएका छन् । छोरी चेलीको यथार्थ जीवनमा घटेको घटनालाई टपक्क टिपेर गीतको माध्यम बाट प्रस्तुत गरिएको छ । प्रेम सापकोटा सोनुकै लय शब्द रहेको गीतमा उनले समाजमा घट्ने गरेका महिलामाथिका घटनालाई निरुत्साहित गर्न चेतना दिएका छन् ।

शेखर घर्तिमगरले निर्देशन म्युजिक भिडियोमा शिशिर पौडेल, स्मारिका ढकाल, घनश्याम ढकाल, छविका ढकालको अभिनय छ । संगीत संयोजक विनोद बाजुरालीको छ भने सम्पादक प्रकाश धमलाले गरेका हुन् ।

तपाईको प्रतिक्रिया