काठमाडौं – ‘समलिंगी’ म्युजिकल फिल्म आउने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो ।
शिरिशा पौडेलको शब्द भीम बिसीको संगीत तथा समीक्षा अधिकारीको स्वर रहेको यो म्युजिकल फिल्मलाई दिनेश पराजुलीले खिचेका हुन् । दीपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उत्त भिडियोमा सिलन लम्सालको सम्पादन छ ।
सयौं भिडियो निर्देशन गरिसकेका निर्देशक वसन्त सापकोटा यो म्युजिकल फिल्ममा भने आफू क्रिएटिभ डाइरेक्टरका रूपमा काम गरेको बताएका छन् । भिडियोलाई दीपशिखा खड्काले निर्देशन गरेका हुन् । खड्काले यसअघि चलचित्र ‘प्रेमलिला’ निर्माण तथा निर्देशन गरेका थिए ।








