Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – अर्बपति इलन मस्कले चर्चित सामाजिक सञ्जाल ट्वीटरको स्वामित्व लिइसकेपछि यसको नियम तथा फिचरका विषयमा बेलाबेलामा फेरबदल गरिरहन्छन्। कहिले रकम तिरेर जोसुकैले पनि ब्लूटिक पाउने कुरा होस् या शुल्कको कुरा। मस्क ट्वीटरको विषयला‍ई लिएर बेलाबेलामा चर्चासँगै ट्रोलमा पनि परिरहेका हुन्। यतिबेला भने उनी ट्वीटरको लोगोको विषयलाई लिएर चर्चामा छन्। गत सोमबार मस्कले ट्वीटरको ‘ब्लूबर्ड’ लोगोलाई परिवर्तन गरी कुकुरको फोटो राखेका थिए। एक्कासी ट्वीटरको लोगोमा आएको परिवर्तनका कारण प्रयोगकर्ता अचम्मित त भए नै मालिक मस्कको आलोचनासम्म पनि गर्न भ्याए।

उनै मस्कले आज शुक्रबार पुनः कुकुर हटाएर ‘ब्लूबर्ड’ फिर्ता गराएका छन्। यता, कुकुरको लोगो हटाउने बित्तिकै क्रिप्टोकरेन्सी ‘डोजक्वाइन’ को भाउमा भने भारी गिरावट आएको छ। पछिल्लो २४ घण्टामा डोजक्वाइनको भाउ करिब ९% ले घटेको हो। यसअघि ‘शिवा इनु’ प्रजातिको उक्त कुकुर ट्वीटरको नयाँ लोगोको रूपमा प्रयोग भएपछि ‘डोजक्वाइन’ को भाउ करिब २५% ले बढेको थियो। ट्वीटरको लागोको रूपमा प्रयोग भएको सोही कुकुर क्रिप्टोकरेन्सी डोजक्वाइनको लागोको रुपमापनि प्रयोगका कारण यसको भाउमा प्रभाव परेको हो। गतवर्ष ट्वीटरको जिम्मेवारी लिएका अर्बपति इलन मस्क लामो समयदेखि डोजक्वाइनको पक्षमा रहँदै आएका छन्।

मस्कले एकपटक डोजक्वाइन लेनदेन वा कारोबारका लागि बिटक्वाइनभन्दा राम्रो भएकोसमेत बताएका थिए। तसर्थ, डोजक्वाइन मस्कसँग जोडिने वित्तिकै यसको भाउमा उतारचढाव हुने गरेको छ। मस्कले अब यही नै लोगो आधिकारिक बनाएर राख्छन् या पुन:परिवर्तन गर्छन् यसबारे भने केहीपनि खुलाएका छैनन्।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया