Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – सरकारी पत्रिका गोरखापत्रको फेसबुक पेज गायब भएको छ । बुधबार बेलुकादेखि साढे आठ लाख लाइक भएको ‘गोरखापत्र अनलाइन’ नामक फेसबुक पेज उडेको हो । त्यसो त केही महिना अघि पनि गोरखापत्रको फेसबुक पेज हराएको थियो । लामो प्रयासपछि ‘रिकभर’ भएको फेसबुक पेज पुनः गायब भएको हो । वार्षिक करोडौँको आम्दानी गर्ने र सरकारी बजेट समेत प्राप्त गर्ने उक्त सरकारी सञ्चार माध्यमका सामाजिक सञ्जाल अकाउन्ट भने भेरिफाइ हुन सकेका छैनन् ।

साइबर सुरक्षा प्रति सजग नहुँदा गोरखापत्रको फेसबुक पेज उडेको हो । पेज एड्मिन एक्सेस भएका फेसबुक अकाउन्ट अथवा डिभाइसहरू ह्याकरको पहुँचमा पुगेको अवस्थामा यस किसिमको समस्या आउने गरेको छ । खासगरी धेरै लाइक तथा फलोअर भएका फेसबुक पेजहरूलाई ह्याकरले निशाना बनाउँदै आएका छन् । गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले अहिलेसम्म कारण पत्ता नलागेको बताए । “हामीले साइबर ब्यूरोलाई यस विषयमा लेखेर पठाएका छौँ,” उनले भने ।

गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक नारदमुनि गौतमले भने आन्तरिक समस्याका कारण फेसबुक पेज हटेको दाबी गरे । “हाम्रो टिम पेज फिर्ता ल्याउने प्रयासमा छ,” उनले भने, “सम्भवतः भरे भोलिसम्ममा पेज पुनः सञ्चालनमा आउँछ ।”

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया