Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं

अचम्म छ, हजुर !

पहिले विवाह अनि एकवर्ष पछि सिन्दूर हाल्ने ।

यस्तै भएको छ, लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीको हकमा । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार सिन्दूर हालेका छन् ।

२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिँ आज पूरा भएको बताइएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित बनेका थिए ।

इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नव विवाहित जोडीलाई बधाई दिएको थियो । विवाहअघि कैलालीकी काजल र जुम्लाका छत्र प्रेम सम्बन्धमा थिए । इन्द्रेणी कार्यक्रममै भेट भएपछि उनीहरू प्रेममा परे । इन्द्रेणीबाहेक टिकटक लगायतका सामाजिक सञ्जालमा समेत छत्र र काजल चर्चित छन् ।

तपाईको प्रतिक्रिया