Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – ट्वीटरका मालिक एलन मस्कले आफ्नो ट्वीटर ह्याण्डल लक गरेका छन् । अकाउन्ट लक गर्दा त्यसले ट्वीट इन्गेजमेन्टमा असर पार्छ वा पार्दैन भन्ने जाँच गर्न मस्कले अकाउन्ट अस्थायी रूपमा लक गरेका हुन् । यसको अर्थ अकाउन्ट लक गर्नुअघि फलो गरेका व्यक्तिले मात्र उनका ट्वीट हेर्न सक्नेछन् । नयाँ फलोअरले भने अकाउन्ट अनलक भइसकेपछि मात्र मस्कले गरेका ट्वीट हेर्न सक्नेछन् ।

एक ट्वीटर प्रयोगकर्ताले अकाउन्ट लक (प्राइभेट) गर्दा त्यसले ट्वीटको रिच बढाउने दाबी गरेपछि त्यसको परीक्षण गर्न मस्कले आफ्नो अकाउन्ट नै लक गरेका हुन् । इयान माइल्स चिओङ नामका ती ट्वीटर प्रयोगकर्ताले यसरी अकाउन्ट लक गर्दा रिच पाँच गुणाले बढेको दाबी गर्दै स्क्रिनशट ट्वीट गरेका थिए । मस्कले उक्त ट्वीटको रिप्लाई दिँदै उक्त समस्या अत्यन्तै चिन्ताजनक रहेको उल्लेख गरेका थिए । मस्कका अनुसार उनी सो अकाउन्ट बिहीबार अनलक गर्नेछन् ।

“मेरो पब्लिक ट्वीटहरू भन्दा मेरो निजी ट्वीटहरू धेरै देखिन्छन् कि देखिँदैनन् भन्ने परीक्षण गर्न मैले मेरो अकाउन्टलाई प्राइभेट बनाएको छु,” मस्कले ट्वीट गर्दै लेखेका थिए ।४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व आफूले लिएपछि मस्कले उक्त प्लेटफर्ममा विभिन्न नयाँ नयाँ फिचरहरू परीक्षण गरिरहेका छन् । हालै मात्र उनले सःशुल्क रूपमा कम्पनी, संस्था तथा व्यक्तिहरूलाई फरक-फरक रङका भेरिफाइड मार्क, ट्वीटमा भ्युज अप्सन जस्ता फिचरहरू थप गरेका छन् ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया