Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – टिकटकमा अनलाइन जुवा खेलाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका घर भएका २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सुर्यविनायक नगरपालिकाका २७ वर्षीय कपिल गिरी, २१ वर्षीय प्रेम कठायत, कैलाली गौरीगंगा नगरपालिका घर भएका २० वर्षीय डिल्लीराज अवस्था रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरूले विभिन्न डिजिटल वालेट मार्फत रकम जम्मा गरेर टिकटक लाइभमा रकमको बाजी राख्ने गरेको खुल्न आएको छ।

पक्राउ परेका व्यक्तिहरूमध्ये ऋषि प्रकाश योगीले पब्जी र पब्जी टु नामको टिकटक आइडी खोलेर दुई वटा ई सेवा वालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एक महिना १० दिनको अवधिमा २८ लाख ७३ हजार ३ सय ५४ बराबरको रकमको कारोबार गरेको प्रहरीको दावी छ। कपिल गिरीले टिकटक आइडी खोली तीन वटा इसेवावालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई जम्मा १० दिनको अवधिमा १० लाख ५२ हजार ९ सय ६२ बराबरको रकम कारोबार गरेको खुलेको छ। उनीहरू विरुद्ध मलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम कारबाहीको लागि प्रक्रिया अगाडी बढाएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया