Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – सरकारले विदेशबाट फर्केका नेपालीहरूलाई अतिरिक्त मोबाइल ल्याउन दिने तयारी गरेको छ । हालको ‘निजी झिटीगुन्टा’ सम्बन्धी व्यवस्थालाई संशोधन गरी अतिरिक्त मोबाइल ल्याउन दिने विषयमा अर्थ मन्त्रालयले तयारी थालेको हो । यसका लागि ठोस प्रस्ताव ल्याउन भन्सार विभागलाई निर्देशन दिइएको अर्थसचिव तोयम रायले जानकारी दिए । ”विभागले ल्याउने प्रस्ताव अनुसार आवश्यक निर्णय लिइनेछ,” उनले भने ।

हाल विदेशबाट फर्किएका नेपालीले साथमा ल्याएको एउटा मोबाइल सेटमा मात्रै सरकारले भन्सार छुट दिँदै आएको छ । अतिरिक्त मोबाइल सेट ल्याउँदा १८ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था ल्याइएपछि यसकाे विरोध भइरहेकोे छ । अवैध मोबाइल आयात रोक्ने उद्देश्यसहित ल्याइएकाे मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनका लागि भन्सार विभागले अतिरिक्त एउटा मोबाइल सेटका लागि प्रज्ञापनपत्र दिने र थप फोन ल्याए जफत गर्नेसम्मको तयारी थालेकाे थियाे ।

यसको चौतर्फी विरोध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मौखिक निर्देशन दिँदै तत्काल एमडीएमएस लागू नगर्न निर्देशन दिए । हाल एमडीएमएस लागू नभएपनि भन्सार विभागले अतिरिक्त फोनमा १८ प्रतिशतसम्म कर लिइरहेकाे छ । ”हामीलाई अर्थ मन्त्रालयले प्रस्ताव मागेको छ,” भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले भने, ”हाल यात्रुले ल्याएको एउटा मोबाइल सेटलाई भन्सार छुट दिइएकोमा अतिरिक्त सेट ल्याएमा छुट दिने कि महसुल लिने भन्ने विषयमा छलफल गरिरहेका छौं ।”

विदेशबाट फर्किएका नेपाली श्रमिकलाई सहजीकरण गर्नेगरी विभागले सुझाव दिने उनले बताए ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया