Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौँ – चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिनका लागि बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छन्। नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्गमा आयोजना गर्न लागेको कार्यक्रममा भाग लिनका लागि उनी काठमाडौं आइपुगेकी हुन्।

नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्। आफू छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताइन्। ‘मलाई यो एक्स्पोमा भाग लिन पाउँदा खुसी लागेको छ’, उनले भनिन्।

ज्वेलरी फेसन शोमा मलाइका नेपाली पोशाक र गरगहनाका साथ र्‍याम्पमा उत्रिने संघले जनाएको छ। एक्स्पोको उद्घाटन भने भोलि शुक्रबार होटल याक एन्ड यतिमा १२:३० मा हुने तय भएको संघले जनाएको छ। एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चल्नेछ। पुस २९ देखि १ माघसम्म एक्स्पो हुनेछ।

 

तपाईको प्रतिक्रिया