Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ – भारतमा उत्साहजनक व्यापार गरिरहँदा एक अप्रिय घटना घटेको छ। ‘अवतार २’ हेर्न गएका एक युवकको मृत्यु भएको छ। आन्ध्र प्रदेशका लक्ष्मी रेड्डी श्रीनुको फिल्म हेर्ने क्रममा मृत्यु भएको हो। भाइसँग फिल्म हेर्न पुगेका रेड्डी निकै उत्साहित थिए।

उनी फिल्म हेर्दै गर्दा बेहोस भएर भुइँमा लडेका थिए। तत्काल नजिकैको अस्पतालमा भर्ना गरिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। चिकित्सकका अनुसार उनलाई हृदयाघात भएको हो। उनी उच्च रक्तचापको बिरामी थिए। उनको श्रीमती, एक छोरा र छोरी छन्। ‘अवतार’ हेर्दा मृत्यु भएको यो पहिलो घटना होइन। सन् २००९ मा पनि ‘अवतार’ हेर्ने क्रममा ताइवानका ४२ वर्षिय व्यक्तिको हृदयघातकै कारण मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया