Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौं – बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)संग भेट गरेका छन्। सपरिवार नेपाल घुम्न आएका ओबरायले बिहीबार साँझ खुमलटारमा माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्।

प्रचण्डलाई भेट्न विवेकसँगै उनका बुवा सुरे ओबराय पनि खुमलटार पुगेका थिए। बुबाआमा, पत्नी र छोराछोरीसहित नेपाल आएका ओबरायले बिहीबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गरेका थिए।पशुपतिमा पूजाअर्चनापछि उनीहरु चन्द्रागिरि घुम्न गएका थिए। नेपाल रहँदा उनीहरुले पोखरा, लुम्बिनी लगायत ठाउँमा घुम्ने कार्यक्रम रहेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया