Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ – अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको गोली प्रहारमा जोगिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड सो गोली प्रहारमा गम्भीर घाइते भएका छन्।

घटनाका मुख्य ‘टार्गेट’ भने राजदूत निजामनी नै रहेको पाकिस्तानी परराष्ट्र मन्त्रालयले जनाएको छ। सिन्ह्वामा उल्लेख भएअनुसार राजदूत निजामनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिँडडुल गर्दै थिए।

अफगानिस्तानको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दे घटनाको अनुसन्धान गर्ने बताएको छ। घटना कुन समूहले किन गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

 

तपाईको प्रतिक्रिया