Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आउँदो हप्ता हुने भेटवार्तामा ताइवान प्रमुख एजेण्डा बन्ने भएको छ। बाइडेन सन् २०२० मा अमेरिकी राष्ट्रपति बनेपछि सीसँग पहिलोपटक भौतिक रूपमा भेट हुन लागेको हो। विश्वका दुई महाशक्ति राष्ट्रबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला बहुप्रतीक्षित भेट हुन लागेको हो।

बाइडेन र सीबीच विश्वका धनी देशहरुको समूह जी-२० सम्मेलनअन्तर्गत आउँदो सोमबार इन्डोनेसियाको बालीमा भेटवार्ता हुनेछ। चीनले ताइवान आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएको छ। तर ताइवानले भने आफ्नो सार्वभौमिकता आफूमै रहेको बताउँदै आएको छ। अमेरिका ताइवानको पक्षमा छ र केही समय अघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन्। त्यसपछि अमेरिका-चीन सम्बन्ध थप खराब बनेको हो।

अमेरिकाले सो तनावपछि कम्युटर चिप प्रविधिमा प्रतिबन्ध लगाएको थियो। त्यसले चीनको निर्यातमा आधारित अर्थतन्त्रमा सो प्रतिबन्धले प्रभाव पारेको छ, विशेष गरी मोबाइल फोन तथा अरू विद्युतीय सामग्रीको उत्पादनमा। चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको महामारीको अधिकांश समय चीनमै रहे, उनी हालैमात्र विदेश भ्रमणमा निस्कन लागेका हुन्।

अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा भेटवार्ता तय भएको पुष्टि गर्दै भने, ‘पक्कै पनि हामीले ताइवानबारे छलफल गर्नेछौँ। र, सो वार्ताको क्रममा सबै विषयमा हाम्रो रेडलाइन प्रस्तुत गर्ने छौँ।’ यसले चीनलाई तनाव कम गर्ने उपायबारे निर्णय लिन सजिलो हुने उनले बताए। तर अमेरिकाले ताइवानका सम्बन्धमा आफ्नो नीतिमा कुनै पनि आधारभूत परिवर्तन भने नगर्ने बाइडेनले बताए।

चीनले स्वाधिन राज्य सञ्चालन गरिरहेको ताइवानलाई आफ्नो भागका रूपमा लिँदै आएको र चीनमा गाभिनु पर्ने बताउने गरेको छ। ताइवान भने आफू स्वतन्त्र देश रहेको बताउँछ। चीनले ताइवानमाथि आक्रमण गरेको अवस्थामा अमेरिकाले ताइवानको रक्षा गर्ने बाइडेनले बारम्बार बताउने गरेका छन् । यस्तो परिवेशमा हुन लागेको बाइडेन-सी वार्तालाई अन्तर्राष्ट्रिय भू-राजनीतिमा निकै महत्त्वका साथ हेरिएको छ।

 

तपाईको प्रतिक्रिया