Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

कोपनहेगन – महान चाड दशैंमा आफनो जन्म भूमि अनि घर र परिवारसंग टाढा रहे पनि प्रवासमा रहेका नेपालीहरु एकताबद्ध भएर महान चाड दशैं मनाउने गर्दछन। संसारको जुन कुनामा बसे पनि आफ़्नो संस्कृति र चाडपर्वमा भने नेपालीहरु विशेष ध्यान दिने गरेको पाइन्छ। यस्तै गरी डेनमार्कमा करिब एक हजार हाराहारीको संख्यामा रहेका नेपालीहरूले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विविध कार्यक्रमका साथ महान चाड दशैं मनाएका छन।

विगतका वर्षहरुमा कुनै न कुनै खालको संस्कृतिक कार्यक्रम गरी जमघट भएर रात्रीभोज सहितको शुभकामना आदान प्रदान गर्ने कार्यक्रमकै निरन्तरताअनुसार यो वर्ष पनि विविध सांस्कृतिक कार्यक्रमसहित दशैं कार्यक्रम र नेपाली दूतावासले आयोजना गरेको टीकाजमरा सहितको गरी दुई भिन्दा- भिन्दै कार्यक्रम सम्पन्न भएका छन। दूतावासले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्नो परम्पराअनुसार नेपालीहरुलाई निम्ता गरी टीकाजमरा सहित दिवाभोजको आयोजना गरी दशैं मनाएको छ। दूतावासको उक्त दशैं कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत मुक्तिनाथ भट्टले आगन्तुक नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै टीका र जमरा लगाई दिएका थिए। दूतावासको उक्त कार्यक्रममा स्थानिय डेनिश नागरीकहरुले समेत टीकाजमरा ग्रहण गरेका थिए। दूतावासका मिनिष्टर कन्सुलर प्रकाशकुमार सुवेदीकाअनुसार दिवा भोजसहितको उक्त कार्यक्रममा उल्लेख्य संख्यामा नेपालीहरु उपस्थित थिए।

यसै गरी यसपालीको अर्को दशैं कार्यक्रम डेनमार्कमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुले संयुक्तरुपमा आयोजना गरेको दशैं कार्यक्रम हो जसमा एनआरएन, जनसम्पर्क समिति, जनप्रगतिशील मञ्च, नेपाल लोकतान्त्रिक मञ्च, प्रवासी एकता समाज र बिद्यार्थीहरुको संस्था नेपप्लिज़ स्टुडेन्ट नेट वर्किंग फोरम लगायतले संयुक्तरुपमा आयोजना गरेका थिए। उक्त कार्यक्रममा नेपाली राजदूत मुक्तिनाथ भट्ट, एनआरएनका अध्यक्ष मोहनराज मिश्र, जनप्रगतिशील मञ्चका अध्यक्ष उदयराज गौतम, जनसम्पर्क समितिका अधक्ष यामलाल सुवेदी, नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष कृष्णप्रसाद पौडेल, प्रवासी एकता समाजका अध्यक्ष विनोदप्रसाद कोइराला लगायतले दशैंको शुभकामना दिएका थिए। शुभकामनामा उनीहरूले हामी सबैमा एकता हुन सके सकारात्मक सन्देश जाने र आगामी दिनहरुमा पनि यस्तै एकता रहिरहने प्रतिबद्धता जनाए।

उक्त कार्यक्रम रात्रिभोज सहितको दशैं कार्यक्रम मात्र नभइ नेपालका जीरे खुर्सानीका कलाकार शिवहरी पौडेल र किरण केसीले दर्शकहरुलाइ भरपुर मनोरञ्जन प्रदान गरे भने लोकआधुनिक गायक रामचन्द्र काफले र जुनु रिजाल काफ्ले पनि आफ्नो कला मार्फत भरपुर मनोरंजन प्रदान गरे। करि पाँच सय नेपालीहरु उपस्थित रहेको उक्त दशैं शुभकामना सांझ कार्यक्रमका कलाकारहरुले आफुहरुलाई निकै हौसला मिलेको बताए।

बिशेषत: चाडपर्वहरुमा गरिने यस्ता खालका कार्यक्रममा नेपालीहरुको उपस्थिति र उल्लासबाट प्रवासमा रहे पनि आफ़्नो कला र संस्कृतिप्रति उत्तिकै लगाव रहेको मान्न सकिन्छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया