Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – उत्तर कोरियाले बुधबार बिहान करिब १० मिसाइल प्रहार गरेको थियो । सो आक्रमणको जवाफमा बुधबार दिउँसो दक्षिण कोरियाले तीनवटा मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाले हावाबाट सतहमा हान्न सक्ने तीन मिसाइल प्रहार गरेको हो ।

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको करिब तीन घण्टापछि प्रहार गरिएको उक्त क्षेप्यास्त्र उत्तरी सीमा रेखाबाट केही टाढा खसेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।यो रेखाले अस्पष्ट रूपमा दुई देशबीच समुद्र विभाजित गर्दछ । तर, उत्तर कोरिया भने उक्त सीमा रेखालाई स्वीकार गर्दैन ।

यसअघि उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको बताइएको थियो । यी मध्ये एउटा ब्यालेस्टिक मिसाइल पहिलो पटक दक्षिण कोरियाको सामुद्रिक सीमामा खसेको थियो । यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया