
काठमाडौँ – रणवीर कपूर र आलिया भट्टले चार वर्षको डेटपछि गत अप्रिल २०२२ मा विवाह गरेका थिए । विवाहको दुई महिनापछि नै आलियाले आफू आमा बन्न लागेको जानकारी दिइन् । हालका दिनमा उनी गर्भावस्थाको समय इञ्जोय गरिरहेकी छन् । उनलाई पति रणवीरले साथ दिइरहेका छन् ।
आलिया सन्तान जन्मिएपछि तुरुन्तै काममा फर्किने मुडमा छैनन् । भलै रणवीरले यसअघिको एक अन्तरवार्तामा आलियालाई काममा पठाएर आफूले सन्तान स्याहार्ने बताएका थिए । तर, आलिया भने लामो ब्रेक लिने तयारीमा छिन् ।








