Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
काठमाडौ- एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षको नियमित प्रक्रियाबाटै संविधान संशोधन गर्नुपर्ने अडान लिएपछि शुक्रबार अन्तरिम संविधानको ११ औं संशोधन भएन ।
एकीकृत माओवादीका मुख्य सचेतक देव गुरूङले असहमति जनाएपछि अन्तरिम संविधान संशोधन हुन नसकेको हो । नियमावली निलम्बन गरी संसदबाटै एकै दिनमा संशोधन गर्नेबारे दलबीच छलफल हुँदा गुरूङले असहमति जनाएका हुन्।
संविधान संशोधन विद्येयकमाथि छलफलका ७२ घण्टा समय दिनुपर्ने नियमावली परिवर्तन गर्न वैद्य पक्षले अस्वीकार गरेपछि नियमित प्रक्रियाबाटै २९ गते संविधान संशोधन हुने छ ।
अन्तरिम संविधानको धारा १३८(२) मा रहेको राज्य पुनर्संरचना आयोगको साटो विशेषज्ञ समिति बनाएर राज्य देशको सङ्घीय स्वरुपको खाका तयार पार्ने व्यवस्था गर्न संशोधन गर्न लागिएको थियो।
संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेस, एमालेले आफ्ना सभासद्लाई व्हिप जारी गरिसकेको छ ।

तपाईको प्रतिक्रिया