
काठमाडौँ – प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ । नेपाली र हिन्दी संस्करण एकै मितिमा प्रदर्शन हुने भएको हो । ‘प्रेमगीत ३’ नेपाली र हिन्दी दुवै संस्करण असोज ७ गतेदेखि प्रदर्शनमा आउने निर्माता एवं निर्देशक सन्तोष सेनले फेसबुकमार्फत जानकारी दिएका छन् ।
‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकहरूको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेम गीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन गर्ने निर्णय गरेका छौँ । थप दर्शक, शुभचिन्तकको साथको अपेक्षा गरेका छाँै, ‘प्रेम गीत ३’ नेपाली, हिन्दी असोज ७’, सेनले लेखेका छन् ।
अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङसहित निर्माता एवं निर्देशक सेन हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा छन् । नेपालमा पनि फिल्मको प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ ।








