Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
काठमाडौं- एमाले अध्यक्ष झलनाथ खनालले डा. बाबुराम भट्टराईको नेतृत्वमा मधेसवादी मोर्चा र माओवादीको गठबन्धन सरकारमा आफूहरु सहभागी हुने संभावना सून्य रहेको बताउनुभएको छ । भट्टराईले यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने बताउँदै आएको बेला एमाले अध्यक्षले यस्तो बताउनुभएको हो ।
वीरगञ्जमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको साधारणसभा उद्घाटन गर्न पुग्नुभएका खनालले सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै हत्याको मुद्दामा सर्वोच्चद्वारा सजाय तोकिएका माओवादी सभासद बालकृष्ण ढुंगेललाई सरकारले माफी दिनु गलत रहेको बताउनुभयो ।
खनाल सरकार कै पालामा माफी दिने निर्णय गरिएको भनी गृहमन्त्रीले दिएको अभिव्यक्तिबारे उहाले गृहमन्त्री आकाशबाट खस्दै हुनुहुन्छ भन्ने प्रतिक्रिया दिनुभयो । माफी दिने कुरा आफ्नो नेतृत्वको सरकारले रोकेको उहाको भनाई थियो ।
प्रमुख दलहरुबीच भएको पछिल्लो सहमति कार्यान्वयन हुने कुरामा आफू आशावादी रहेको उहाँले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया