काठमाडौं – सर्जक चन्द्र खत्रीको शब्द तथा संगीतमा नयाँ गीत जाली मायाको सार्वजनिक भएको छ । शान्तीश्री परियार र सागर विरहीले स्वर दिएको गीत चन्द्र खत्री युट्युबमार्फत सार्वजनिक भएको हो ।
माया प्रेम र बिछोडको पीडा समेटिएको गीतले गहिरो माया पछिको बिछोडलाई बालेको छ । ‘सिरमा शिरबन्दी’, ‘सुन कथा’, ‘माया सलल, गयौँ सानु गयौँ बिहेगरी’, ‘चर्कियो दिलको घाउ’ लगायत दर्जनौँ गीतका सर्जक खत्रीको नयाँ गीत पनि यथार्थपरक बनेको छ ।
विनोद भण्डारीले निर्देशन गरेको गीतको म्युजिकमा महेन्द्र गौतम र दिवा मगरको अभिनय देख्न सकिन्छ । सागर विरहीको एरेञ्ज रहेको गीतको मिक्सिङ खडक बाजुरेलीले गरेका हुन् भने कोरियोग्राफी प्रशान्त मगरको छ ।








