Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
माल्दिभ्स (अड्डु)- बीस बुँदे साझा घोषणा पत्र र ४ वटा सम्झौता गर्दै माल्दिभ्सको अड्डु एटोन शहरमा भएको दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन सार्कको १७ औ शिखर सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।
सम्मेलनमा सार्क क्षेत्रको गुणस्तर मापदण्ड स्थापना गर्ने , विउ बैंक स्थापना गर्ने, प्राकृतिक प्रकोपबाट उत्पन्न हुने जोखिम ब्यवस्थापनलगायतका चार बुँदे सम्झौता भएको छ ।
सम्मेलनले २० बुँदे घोषणापत्र जारी गरेको छ ।  जसमा सार्क क्षेत्रको सम्बन्ध जनस्तर सम्म पुर्याउन र अझ बलियो बनाउन सडक, रेल र हवाई मार्गबाट सार्कलाई जोड्ने,  उर्जा संकट समाधन गर्न उर्जा विकासलाई प्रभावकारी ढंगले अगाडि बढाउने, साफ्टा कार्यान्वयन गर्न मन्त्रीस्तरीय बैठकलाई तिब्रता दिने, सार्क फण्डलाई प्रभावकारी बनाउन मन्त्री स्तरीय बैठकलाई तिब्रता दिने, सार्क सचिवालयलाई प्रभावकारी बनाउने र १८ औ सार्क शिखर सम्मेलन सन् २०१३को मार्चमा नेपालमा गर्ने लगायतका विषयहरु समेटिएका छन् ।

तपाईको प्रतिक्रिया