Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानभर तीजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ । नेपालको बहुचर्चित  कलाकारहरू लाई जापानमा आमन्त्रण गर्दै टोकियो, सिजुओका र नागोया शहरमा तीज फेस्टिभल आयोजना हुने भएको हो ।

स्याङ्जा समाज जापानले जापानका तीन ठुला शहरहरु टोकियो, सिजुओका र नागोयामा तीज  फेस्टिभल  गर्ने भएको स्याङ्जा समाज जापानका अध्यक्ष ध्रुव ज्ञवालीले जानकारी गराए । कार्यक्रम  अगस्ट २८ तारिक आइतबार टोकियोमा नाकनो जेरो हल, सिजुओकामा २९ तारिक सोमबार आईसेरु २१ हल  र नागोयामा ३१ तारिक बुधवार नागोया  कोकुसाइ सेन्टेरमा हुने बताइएको छ ।

‘सदा झैँ स्याङ्जा समाजले आयोजना गरेको कार्यक्रम जस्तै यस कार्यक्रममा पनि उपस्थित भई मनोरञ्जन लिन सबैमा अनुरोध छ,’ स्याङ्जा समाज, नागोयाका अध्यक्ष निसान रानाले भने । समाजले जापानवासी नेपाली समुदायहरूको तीजको  प्यास मेटाउनको लागि  नेपाली लोकदोहोरी क्षेत्रका  वरिष्ठ लोक दोहोरी गायिका शर्मिला गुरुङ  र चर्चित लोक दोहोरी गायक  पशुपति शर्मा जापान आउने भएका हुन् ।

साथै टोकियो र नागोयाको लागि भने जापान मै कर्म थलो बनाएका  गायक सूर्य खड्का लगायत स्थानीय कलाकारहरूको पनि थप प्रस्तुति  रहने बताइएको छ ।  समाजले कार्यक्रम मनोरन्जनका लागि मात्र नभई आकस्मिक रूपमा भइपरी आउने दैविक प्रकोप लगायत विविध  आपत् विपतमा  परेकाहरूको उद्धारको  लागि ‘आपत्कालीन राहत कोष  सहयोगार्थ’ गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानवासी  नेपालीहरूलाई  आफूलाई पायक पर्ने ठाउँ गई मनोरञ्जन लिनु हुनको  लागि आयोजकले अनुरोध गरेको छ ।

त्यसै गरी तीजको अवसरमा नवलपुर समाज जापानले पनि ‘तीज धमाका’ विशेष साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । नेपालका चर्चित तथा जापानमा रहेर साङ्गीतिक कर्म गर्दै आएका गायक-गायिकाको साथमा अगस्ट २९ गते सोमवार सो कार्यक्रम गर्न लागिएको हो । तीजको दर खाने दिन दिउँसो ३ बजेबाट शुरू गर्ने योजना रहेको ‘तीज धमाका’ कार्यक्रम वाकावाक स्टेसनसँगै रहेको व्यापारिक केन्द्र लाजोनाको ५ औँ तल्लामा रहेको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिए ।

संयोजक कँडेलका अनुसार कार्यक्रममा सहभागिताका लागि साधारण टिकट २ हजार येनको र भिआइपी टिकट १ मान येनको कायम गरिएको छ । कार्यक्रममा नेपाली लोक सङ्गीतका पुराना अनि लोकप्रिय गायक-गायिका बद्री पङ्गेनी र सम्झना भण्डारीका साथमा जापानमा रहेका सङ्गीतकर्मीहरू अमित सापकोटा, निशा क्षेत्री, खेमराज पौडेल, शान्ता जिसी, शिवा केसीलगायतले आफ्नो  प्रस्तुति दिने  बताइएको छ ।

नवलपुर समाज-जापानका अध्यक्ष कृष्ण खरेलले कोरोना कहरका कारण केही वर्षदेखि गुम्सिएका रहरलाई पूरा गराउनका लागि तीज धमाकाको आयोजना गरिएको बताए। “परदेशमा रहेरपनि नेपाली कला-संस्कृति अनि रीतिथितिको सम्झना र जगेर्ना गर्ने उद्देश्यले हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ”, अध्यक्ष खरेलले भने l जापानमा रहेका अन्य संस्थाहरूले समेत तीज कार्यक्रम गर्ने तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया