Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं –  फिल्म छायाँकार विदुर पाण्डेको निधन भएको छ। हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५५ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताए।

आजै नै पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष लामाले बताए। पाण्डे नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ का छायाँकार हुन्। उनले कागबेनीका साथै पण्डित बाजेको लौरी, भुईमान्छे मेरो वेस्ट फ्रेण्ड, स्वर लगायतका फिल्महरूको पनि छायाङ्कन गरिसकेका छन्। पाण्डेले टेलिभिजन तथा विभिन्न म्युजिक भिडियोमा काम गरिसकेका छन्।

तपाईको प्रतिक्रिया